Logo

समानुपातिकतर्फ ८४ लाख मत गनियो, कुन पार्टीको पल्लाभारी ?

समानुपातिकतर्फ ८४ लाख मत गनियो, कुन पार्टीको पल्लाभारी ?



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार ७ सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले)ले २३ लाख १६ हजार ७ सय ३६ मत प्राप्त गरेको छ ।

laxmi

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार ७ सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ६९ हजार ३ सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार १ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले २ लाख ८९ हजार ८ सय ६८, नेकपा (एकीकृत समाजवादी)ले २ लाख २४ हजार १ सय ७१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले २ लाख २३ हजार ९ सय ७९, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले १ लाख २० हजार ८ सय ४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार ९ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ३ सय ७४ मत प्राप्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL