Logo

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्यो, नेपालमा भने महिनौदेखि एउटै मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्यो, नेपालमा भने महिनौदेखि एउटै मूल्य



काठमाडौं । केही महिनायता कच्चा तेलको मूल्यमा उतारचढाव जारी छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ ।

आज अर्थात २७ नोभेम्बर २०२२ मा पनि कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ । यस अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य २ प्रतिशतले घटेपछि प्रति ब्यारेल ८३.६३ डलर पुगेको छ ।

अर्कोतर्फ, डब्लुटीआइको मूल्यमा २.१३ प्रतिशतले गिरावट आएर ७६.२८ डलर प्रति ब्यारेलमा झरेको छ । केही महिनाअघि उच्च मूल्यको रकर्ड बनाएको कच्चा तेल ओपेक राष्ट्रहरूले लिएको निर्णयको प्रभावले कच्चा तेलको भाउ रेकर्ड स्तरमा झरेर एकैपटक १०० डलर नजिक पुगेको थियो ।

तर, पछिल्लो ६ महिना अघिदेखि आन्तरिक बजारमा पेट्रोल–डिजेलको मूल्य यथावत रहेको छ । आज अर्थात आइतबार पनि देशमा पेट्रोल–डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन् ।

नेपालमा पेट्रोलियम पदार्थ आयात तथा विक्रिको जिम्मेवारी पाएको एकमात्र सरकारी कम्पनी नेपाल आयल निगमले निगम घाटामा रहेको भन्दै मूल्य स्थिर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL