GBIME

प्राधिकरण अध्यक्षले भने, ‘हामीले सम्बद्ध संस्थालाई निवेदनको जानकारी गराएका हौं, विश्वकप लाईभ रोक्नु भनेका छैनौ’


बिजखबर संवाददाता
25 November, 2022 4:25 pm

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले हाल अनलाईनबाट भैरहेको विश्वकप फुटवलको लाईभ रोक्ने वा नरोक्ने भन्ने अधिकार आफुमा नभएको जानकारी दिएको छ । प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले इन्टरनेटमा आधारित ओटीटी प्लेटफर्महरुबाट भैरहेको विश्वकपको लाईभ रोक्नका लागि मिडिया हबले आवेदन दिएको र सोही पत्रको जानकारी संचार मन्त्रालय र सम्बद्ध इन्टरनेट सेवाप्रदायकलाई गराएको बताए ।

NABIL
lAXMI_BANK

‘प्राकिधरणलाई अनलाईनबाट भैरहेको जारी विश्वपकको लाईभ रोक्ने वा नरोक्ने भन्ने अधिकार छैन,’ उनले भने, ‘हामीले मिडिया हबबाट जुन निवेदन आयो सोही निवेदन जानकारीका लागि मात्र पठाएका हौं तर रोक्ने वा नरोक्न भन्ने सम्बद्ध सरोकारवालाहरुमा भर पर्छ ।’

मिडियाहबले कार्टेलिङ गरेर जारी विश्वकपको लाईभ प्रशारण गर्ने जिम्मा लिँदै उपभोक्ता माथि थप आर्थिक भार थुपारेपछि दर्शकहरुले फेसबुक, ट्वीटर, युट्युब, लगायत अन्य अनलाइन माध्यमबाट विश्वकपको प्रसारण हेर्दै आएका छन् ।

मिडियाहबले विश्वकप हेर्नको लागि ग्राहकसँग थप ५६५ रुपैयाँ असुल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL