Logo

समानुपातिकमा एमालेको अग्रता : कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो र माओवादी चौंथो

समानुपातिकमा एमालेको अग्रता : कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो र माओवादी चौंथो



काठमाडौँ । समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मत गणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५८५ मत पाएको छ ।

laxmi

नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ ।

पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको ८ हजार ६ सय २१, जनता समाजवादी पार्टी, नेपालको ३ हजार २ सय ४, नेपाल मजदुर किसान पार्टीको २ हजार ९ सय १०, जनमत पार्टीको २ हजार ८ सय १५, नेकपा (एकीकृत समाजवादी_ को २ हजार ३० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको १ हजार ५ सय ६३ मत रहेको छ । त्यस्तै अन्य दलहरुले समानुपातिकतर्फ ८ हजार १ सय ७५ मत ल्याएका निर्वाचन आयोगको विवरण छ ।

प्रतिक्रिया दिनुहोस्
MBL