Logo

काठमाडौं उपत्यकालगायत देशैभर मतगणना सुरु, ठूला दललाई घन्टीको त्रास

काठमाडौं उपत्यकालगायत देशैभर मतगणना सुरु, ठूला दललाई घन्टीको त्रास



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना देशैभरि शुरु भएको छ। देशभरका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य शुरु भएको छ ।

laxmi

आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।

काठमाडौं उपत्यका भित्र काठमाडौं– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।

कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ । कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL