Logo

निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रलाई सरकारको आग्रह, बिदा देलान उद्योगीले ?

निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रलाई सरकारको आग्रह, बिदा देलान उद्योगीले ?



काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ–आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।

laxmi

सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय भएको जनाउँदै गृह मन्त्रालयले निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा यही मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।

मन्त्रालयले निर्वाचनका दिन दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रका छाता सङ्गठनलाई पत्राचार समेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सबै छाता सङ्गठनलाई पत्राचार गर्दैै निर्वाचनका समयमा दुई दिन बिदा दिन आग्रह गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

सरकारले यसअघि सरकारी तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ तथा विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै त्रिभूवन विश्वविद्यालयले पनि बिहीबारदेखि मंसिर ५ गतेसम्म क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL