Logo

जनवरीदेखि बुद्ध एयरले पोखरा बनारस उडान गर्ने, दिल्ली र देहरादुनमा पनि उडान थप्ने तयारी

जनवरीदेखि बुद्ध एयरले पोखरा बनारस उडान गर्ने, दिल्ली र देहरादुनमा पनि उडान थप्ने तयारी



काठमाडौं । बुद्ध एयरले आगामी जनवरी महिनादेखि पोखरा बनारस उडान गर्ने भएको छ । जनवरी महिनादेखि नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आएसँगै कम्पनीले हप्तामा ३ उडान गर्ने तयारी गरेको हो ।

हालसम्म काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गरिरहेको उक्त उडान अव पोखराबाट पनि विस्तार हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले पोखरा विमानस्थलबाट प्रथम अन्तरराष्ट्रिय उडानको रुपमा आईतबार मंगलबार र बिहीबार एक एक उडान तालिका बनाएको हो ।

यस्तै कम्पनील भारतले एयर ट्राफिक सर्भिस रुट र स्लट उपलब्ध गराएमा पोखरा दिल्ली हप्तामा २ र पोखरा देहरादुन हप्तामा ३ उडान भर्ने तयारी गरिरहेको बताएको छ । यसका बिषयमा नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL