Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो



काठकाडौं । बिहीबार नेपाली बजारमा सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भईरहेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा विक्री भईरहेको थियो । बिहीबार पनि सोही मूल्यमै सुन किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बुधबारको तुलनामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १२ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्