GBIME

सुनको मुल्य प्रतितोला ६ सयले घट्यो, चाँदीको मुल्य कति ?


बिजखबर संवाददाता
21 October, 2022 11:47 am

gold and silver

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मुल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

NABIL
lAXMI_BANK

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यसको मुल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मुल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १ सय ७० रुपैयाँ कायम रहेको महासङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL