Logo

नेपालको न्याय प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै सन्दीप लामिछानेले भने–असोज २० गते नेपाल आउँछु

नेपालको न्याय प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै सन्दीप लामिछानेले भने–असोज २० गते नेपाल आउँछु



काठमाडौं । नाबालिकालाई बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू २० गते नेपाल आइपुग्ने बताएका हुन् ।

बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । उनी हाल कुन देशमा छन् भन्ने स्पष्ट भएको छैन । उनी लामो समयसम्म सम्पर्कमा नरहेपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।

उनले पोष्टमा आफु निर्दोष रहेको कुरा दोहोराएका छन् । साथै उनले नेपालको न्याय प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL