Logo

व्याजदर नियन्त्रणमा अर्थमन्त्री शर्माको कसरत, सबै सरोकारवालाई बोलाए छलफलमा

व्याजदर नियन्त्रणमा अर्थमन्त्री शर्माको कसरत, सबै सरोकारवालाई बोलाए छलफलमा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले बैंकको व्याजदर उच्च भएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । मुद्दती खातामा १३.१४ प्रतिशत व्याज दिएर देशमा औद्योगिकरण नुहने भन्दै त्यसलाई रोक लगाउन लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

‘अहिले देखिएको उच्च व्याजदरको समस्यालाई नियन्त्रणमा लिन आगामी हप्ता अर्थ मन्त्रालायले एक वृहत छलफल कार्यक्रमको आयोजना गर्दैछ,’ अर्थमन्त्री शर्माले नाडा इभी अटो शोलाई सम्बोधन गर्दै भने, ‘उक्त छलफलमा राष्ट्र बैंक, बैंकर, निजी क्षेत्रलगायत सबै सरोकारवालालाई बोलाईने छ र त्यहिँबाट एउटा निष्कर्ष निकालिने छ ।’ पछिल्लो समय बैंकले निक्षेपमै १५ प्रतिशतसम्म ब्याज दिँदा त्यसले उद्योग क्षेत्रमा जाने कर्जाको ब्याजदर उच्च रुपमा महंगिने भन्दै उद्योगी व्यवसायीले सोको विरोध गर्दै आएका छन् ।

उक्त कार्यक्रममा पछिल्लो समय बैंकहरुले तरलता अभावलाई अबसरको रुपमा लिएर जथाभावी व्याज बढाउँदै उद्योग व्यवसायलाई धरासायी बनाउने काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको आरोप थियो । साथै उनले कतिपय बस्तु आयातमा शतप्रतिशत मार्जिनले बैकको नाफा बढाउने काम मात्रै गरेको तर, आयात भने नघटेको बताएका थिए ।

अर्थमन्त्री शर्माले उक्त मागलाई सम्बोधन गर्दै एउटा पक्षलाई समस्या पारेर अर्काे पक्षलाई कमाउन दिने पक्षमा सरकारल नभएको भन्दै अहिले जथाभावी रुपमा बढिरहेको बैंक व्याजदरलाई नियन्त्रण गरिने उनको भनाई थियो । साथै अध्यक्ष क्षेत्रमा प्रबाह हुने कर्जाको तुलनामा उद्योग कलकारखाना र निर्यातजन्य उद्योगमा प्रबाह हुने कर्जाको ब्याजदरमा समेत न्यूनतम २ प्रतिशतले ब्याज कम गरिने व्यवस्थालाई समेत कार्यान्यनमा ल्याईने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL