Logo

Global_Ime

नेपालमा पेट्रोल डिजेलबाट चल्ने गाडीमा रोक लगाउँदै सरकार, अध्ययनका लागि अर्थले गठन गर्यो समिति

नेपालमा पेट्रोल डिजेलबाट चल्ने गाडीमा रोक लगाउँदै सरकार, अध्ययनका लागि अर्थले गठन गर्यो समिति



काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा प्रतिबन्ध लगाउने भएको छ । अहिले विश्व पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रतिस्थापन गर्दै इलेक्ट्रिक गाडीमा गैरहेको सन्दर्भमा नेपालमा पनि उक्त व्यवस्था कार्यान्वनयमा ल्याउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

laxmi bank orange saving
NABIL

नेपालमा अब कति समयसम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी चल्न दिने र त्यसपछि कसरी प्रतिबन्ध लगाउने भन्ने विषयमा अध्ययन शुरु गरिएको मन्त्री शर्माले जानकारी दिए । ‘अर्थ मन्त्रालयले सो सम्बन्धमा अध्ययन गर्न राजस्व सचिवको संयोजकत्जवमा समिति गठन गरेको छ,’ नाडा इभी अटो शो २०२२ लाई सम्बोधन गर्दै उनले भने, ‘उक्त अध्ययन प्रतिवेदन आएपछि सबै सरोकारवालाहरुसँग छलफलमा बस्ने छौं र त्यहिबाट कहिलेदेखि रोक लगाउने भन्ने विषयमा मिति तय गरिने छ ।’

नेपालमा विद्युतमा प्रचुर सम्भावना रहेको र नेपालले वार्षिक ग्याँससहित ३ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात गरिरहेको जनकारी दिँदै अब हाईड्रोजनबाट चल्ने सावरीसाधनमा परिणत हुनुपर्ने उनको तर्क थियो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण वातावरणमा असर गर्नुका साथै नेपालले त्यस्ता बस्तु आयातमा खरबौं रकम खर्चिनु परेको भन्दै अब आत्मनिभर्र अर्थतन्त्रतर्फ मुलुक अघि बढ्नुपर्ने बताए ।

सरकार आफ्नो नीतिबाट पछि नहट्ने बताउँदै इलेक्ट्रिक भेइकलसम्बन्धी उद्योग स्थापनामा समेत अघि बढ्न व्यवसायीलाई उनले आग्रह गरेका थिए । साथै इलेक्ट्रिक सवारी आयात र सोसम्बन्धी उद्योग स्थापनाका लागि सरकारले बजेटबाटै संरक्षण गरेको जानकारी दिँदै आगामी दिनमा त्यसलाई थप निरन्तरता दिने उनको आश्वासन थियो ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc