SCT


GBIME

ललितपुर महानगरपालिद्धारा मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना (सूचनासहित)


बिजखबर संवाददाता
21 September, 2022 10:29 am

काठमाडौं । ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।

NLIC
Lamxi_bank

सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गर्न वा हटाउन आग्रह गरिएको छ ।

सो म्यादभित्र सूचना बमोजिमको काम नगरेमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरु हटाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL