Logo

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा



काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०८२/०१/२६ गते तदनुसार नेसं ११४५ बछलाथ्व द्वादशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्