Logo

बाख्रा बीमालेख संशोधन, अब बाख्रापालकको पनि २ लाखसम्मको बीमा हुने

बाख्रा बीमालेख संशोधन, अब बाख्रापालकको पनि २ लाखसम्मको बीमा हुने



काठमाडौं । बाख्रा बीमालेख संशोधन भएको छ । बीमा समितिले विभिन्न व्यवस्थाहरु थप गर्दै बाख्रा बीमालेख संशोधन गरेको हो । जसमा बाख्रापालकको दूर्घटना बीमादेखि सामुहिक बाख्रा बीमालेख कखरिद गर्न पाईने व्यवस्थाहरु थपिएका छन् ।
संशोधन गरएको बीमालेखमा बाख्रापालक कृषकले यदि बाख्राको बीमा गरेको भए दूर्घटना बीमाको सुविधा पाउनेछ । जसमा दृष्टिविहिन भएमा, हात वा खुट्टा काम नलाग्ने भएमा, हाड भाँचिएमा २ लाखसम्मको बीमा सुविधा पाईनेछ ।

laxmi

यस्तै उक्त बीमालेख खरिद गर्दा १ महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिने व्यवस्था छ । बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा ३ दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था बीमालेखमा थपिएको छ ।

यसैगरी, बाख्रा बीमालेख बमोजिम बीमाङ्क गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ ।

बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १०० प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL