Logo

बैंकले निक्षेपको ब्याज बढाउँदा तनावमा ऋणी र सेयर लगानीकर्ता, कात्तिकदेखि कर्जाको ब्याज बढ्ने

बैंकले निक्षेपको ब्याज बढाउँदा तनावमा ऋणी र सेयर लगानीकर्ता, कात्तिकदेखि कर्जाको ब्याज बढ्ने



काठमाडौं । निक्षेपको ब्याजदर वृद्धिमा बैंकहरुले भद्र सहमति गरेर रोक्दै आएकोमा असोजदेखि लागू हुनेगरी खुला गरेका छन् । यसअघि बैंकहरुले निक्षपमा बढी व्याज दिँदा पनि निक्षेप नआएको भन्दै त्यसरी निक्षेप लिँदा ब्याजदर नबढाउने भद्र सहमति गरेका थिए । तर, बैंकर्स संघको बैंठकमा अबका दिनमा आफुखुशी ब्याजदर बढाउने गरी उक्त सहमतिलाई तोडेका छन् ।

laxmi

हाल बैंकहरुले व्यक्तिगत निक्षेपमा ११.०३ प्रतिशत निक्षेप दिँदै आएका थिए । तर अबका दिनमा बैंकहरुले राष्ट्र बैंकको निर्देशन भित्र रहेर त्यस्तो निक्षेपमा प्रति महिना १० प्रतिशतले वृद्धि गर्दै १२.१३ प्रतिशतसम्म व्याज दिन सक्नेछन् । यसअघि पनि बैंकहरुले चोरबाटो बाट निक्षेपलाई रेमिटान्सको रुपमा देखाउँदै १२.०३ प्रतिशतसम्म व्याज दिँदै आएका छन् । उक्त निक्षेपको ब्याज असोजदेखि १३.२३ प्रतिशतभन्दा माथि पुग्ने छ । तर, बैंकहरुले निक्षेप तान्ने होडबाजीमा निक्षेपकर्तालाई प्रभावमा पार्दै विना आधार रेमिटान्स भन्दै निक्षेप संकलन गर्दा त्यसले आगामी दिनमा निक्षेपकर्तालाई नै समस्यमा पार्ने सम्बद्ध बैंकहरुनै बताउँछन् । यस्तै संस्थागत निक्षेपमा पनि सोही अनुरुप बैंकहरुले ब्याजदर वृद्धि गर्नेछन् ।

यस्तै बैंकहरु असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढाउँदा ऋणीहरु बढी तनावमा देखिएका छन् । बैंकहरुले असोजदेखि लागू हुनेगरी नयाँ आउने निक्षेपको ब्याजदर बढाउने निर्णय गर्दा कात्तिकदेखि समग्र ऋणीहरुमाथि ब्यादरको भार बढ्ने छ । जसले गर्दा ऋणीहरुले सामाजिक संजालमार्फत आक्रोस पोख्न थालेका छन् भने त्यसको असर सेयर बजारमा आजै (बिहीबार) नै देखिएको छ । बैंकहरुले ब्याजदर वृद्धिमा भद्र सहमति तोडेको समाचार बाहिरिएसँगै नेप्से परिसुचककमा उच्च गिरावट आएको छ ।

बैंकहरुले निक्षेपमा यसअघि व्याजदर बढाउने भद्र सहमतिलाई आजैदेखि खुला गरेको र असोजदेखि राष्ट्र बैंकको निर्देशनअनुरुप अधिकतम १० प्रतिशतका दरले वृद्धि गरिने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘हामीेले निक्षेपमा असोजदेखि ब्याजदर वृद्धि गर्छौं भने त्यसको भार आधारदरमा १ महिनापछि पर्नेछ,’ उनले भने, ‘कात्तिकदेखि समग्र कर्जाको ब्याजदर बढ्ने छ ।’ तर निक्षेपका के कति ब्याजदर बढाउने भन्ने अधिकार सम्बन्धित बैंकलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL