Logo

आजदेखि एमडीएमएस लागु : आजसम्म चलिरहेका मोबाइल स्वतः दर्ता, अब विदेशबाट ल्याएका मोबाइल दर्ता नभए नचल्ने

आजदेखि एमडीएमएस लागु : आजसम्म चलिरहेका मोबाइल स्वतः दर्ता, अब विदेशबाट ल्याएका मोबाइल दर्ता नभए नचल्ने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि संचालनमा ल्याएको छ । यससँगै आजदेखि नेपालमा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । प्राधिकरणका अनुसार हालसम्म अर्थात आजसम्म नेपाल भित्रिएका र सक्रिय मोबाल फोनहरु प्राधिकरणको प्रणालीमा स्वतः दर्ता हुनेछन् । हाल सञ्चालनमा रहेका अर्थात सक्रिय मोबाइल फोनहरु संचालन हुँदा त्यसको डाटा प्राधिकरणको प्रणालीमा स्वतः रजिष्टर हुनेछ । सोही अनुसार हालसम्म नेपालमा विदेशबाट ल्याए पनि चलिरहेका सबै मोबाइल फोनहरु दर्ता गर्नुनपर्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उनका अनुसार उपभोक्ता मारमा नपुरन भनेरै प्राधिकरणले आजसम्म सक्रिय भएका तथा दर्ता नभएका मोबाइल फोनहरु आफै दर्ता हुने प्रणाली लागु गरिएको हो । ‘कुनै मोबाइल प्रयोगकर्ताले कसैलाई फोन गर्नेवित्तिकै त्यसको एक्टिभिटी हाम्रो प्रणालीमा थाहा भईसकेको हुन्छ,’ उनले भने, ‘तर, आज उप्रान्त कसैले नयाँ फोनमार्फत यसरी एक्टिभिट गरेको देखिए त्यो दर्ता भए नभएको हेर्ने, कर तिरे नतिरेको हेर्नेलगायतका कामहरु हुनेछन् ।’

उनले भोलिदेखि नै नयाँ मोबाईल फोनहरु प्रयोग गर्न आईएमईआई दर्ता अनिवार्य गरिएको बताए । आईएमईआई दर्ता नभएको फोन चल्नै नदिने संयन्त्र बनाइएको उनको दावी छ । यदि चलिहाले पनि वैधानिक कि अवैधानिक हेरेर त्यसलाई तत्काल डिएक्टिभ पार्ने उनले बताए । सरकारले विदेशबाट आउने अवैध मोबाइलको आयात रोकेर राजश्व संकलनलाई व्यवस्थित गर्न एमडीएमएस प्रणालीको अवधारणा ल्याएको हो ।

यसको अवधारणा ४ बर्ष अघि आएर काम अघि बढाउने प्रक्रिया सुरु गरिएपनि बीचमा कोरोना महामारीका कारण आवश्यक उपकरण आयातमा ढिलाई का कारण पछि धकेलिएको थियो । यस्तो प्रणाली नहुँदा नेपालमा वार्षिक अर्बौ रुपैयाँ बराबरको अवैध मोबाइल आयात भइरहेको व्यवसायीहरुले बताउँदै आएका छन् । करिव २ महिना प्राधिकरणले भदौ ३० भित्रै प्रणाली संचालनमा ल्याउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL