Logo

Global_Ime

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा प्रजापति विजयी, महासचिवमा आचार्य

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा प्रजापति विजयी, महासचिवमा आचार्य



काठमाडौं। पोखरा उद्योग वाणिज्य संंघको ३४ औँ महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका हुन् ।

Laxmi_sunrise
Kumari

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा भएको छ । अन्तिम मतपरिणाम अनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति यसभन्दा पहिलाको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र महासचिवमा बलराम आचार्य विजयी भए । त्यसैगरी कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम र सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलीपकुमार श्रेष्ठ भएका छन् ।

त्यस्तै सदस्यमा भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी हुनुभएको छ । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईँ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC