Logo

मोटरसाइकलमा मोबाइल होल्डर राख्न नपाइने निर्णय, नेपालको वार्षिक ३६ करोड बढी विदेशिन रोकिने

मोटरसाइकलमा मोबाइल होल्डर राख्न नपाइने निर्णय, नेपालको वार्षिक ३६ करोड बढी विदेशिन रोकिने



काठमाडौं । ट्राफिक प्रहरी महाशाखा काठमाडौंले बुधबार मात्रै अब मोटरसाइकलमा मोबाइल होल्डर राख्न नपाइने निर्णय गरेको छ । मोटरसाईकलमा मोबाइल होल्डर र मोबाइल राखेर चलाउँदा दुर्घटना निम्तिएको भन्दै महाशाखाले यस्तो निर्णय गरेको हो । यो निर्णयले पठाओ, टुटललगायतका राइड सेयरिङ कम्पनीका राइडरलाई भने मर्का परेको छ । अहिले हरेकजसो राइडरले सेवाग्राहीको लोकेशन ट्रयाक प्रत्यक्ष रुपमा हेर्दै बाइक चलाउन ह्याण्डिलमा होल्डरमा मोबाइल राखेर प्रयोग गर्ने गरेका छन् ।

laxmi

राइडरलाई असहज भएपनि ट्राफिक प्रहरीको यो निर्णयले भने नेपालको व्यापारघाटा घटाउन केही योगदान दिने देखिन्छ । हाल मोबाइल पसल तथा उपकरण पसलहरुबाटै खरिद गर्न पाईने यस्ता मोबाइल होल्डरहरुमार्फत पनि नेपालले बार्षिक करोडौ रकम विदेश पठाइरहेको छ । गत आर्थिक बर्षको कुरा गर्दा पनि मोबाइल होल्डरलगायत गाडी र बाईकका लागि प्रयोग हुने पार्टपुर्जाहरु ५ अर्ब ३१ करोड बढीका आयात भएका छन् । जसमा गाडी वा बाईकका लागि नेपाली कानुनले बर्जित गरेका वा आकार परिवर्तन गर्ने वस्तुहरु पर्दछन् ।

भन्सार विभागको तथ्यांकलाई हेर्दा चालु आर्थिक बर्षको पहिलो महिना साउनमै नेपालले ३६ करोड ४१ लाख रुपैयाँ बराबरको मोबाइल होल्डरलगायतका सामग्री आयात गरेको छ । यो तथ्यांक गत आर्थिक बर्षको साउनको तुलनामा ६ करोड १४ लाख रुपैयाँले बढी हो । गत आर्थिक बर्षको साउन महिनामा नेपालले विभिन्न देशहरुबाट ४२ करोड ५६ लाख रुपैयाँ बराबरको यस्ता वस्तुहरु आयात भएका छन् । परिमाणका आधारमा भन्दा गत बर्ष साउनमा ७ लाख ६१ हजार १ सय ९० पिस मोबाइल होल्डर आयात भएको तथ्यांक छ ।

यस्तै यो बर्षको साउनमा भने यस्तो मोबाइल होल्डरहरु ११ लाख ६० हजार बढी आयात भएका छन् । नेपालले यस्ता मोबाइल होल्डरदेखि बाइक र कारहरुको आकार ने विगार्नेगरि प्रयोग हुँदै आएका यस्ता वस्तुहरु प्रयोगमा रोक लगाउने हो भने नेपालको व्यापारघाटा घटाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL