Logo

प्रतिनिधि सभाबाट बीमा बिधेयक पारित, लघुबीमा कम्पनीलाई लाइसेन्स दिईने

प्रतिनिधि सभाबाट बीमा बिधेयक पारित, लघुबीमा कम्पनीलाई लाइसेन्स दिईने



काठमाडौं । बीमा बिधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आईतबार बसेको प्रतिनिधि सभा बैठकले उक्त बिधेयक बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभामार्फत पारित भएको उक्त बिधेयक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपश्चात उक्त बिधेयक बीमा ऐन २०७९ को रुपमा लागु हुनेछ ।

उक्त बिधेयकमा बीमा कम्पनीलाई चुक्ता पुँजी नपुर्याए लाइसेन्स खारेजी गर्न सकिने, बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको योग्यता बढाउनुपर्ने, सर्भेयरलाई विधागत तालिम दिनेलगायतका बुँदाहरु समेटिएका छन् ।

बिधेयकमा तोकिएको अवधिमा कुनै कम्पनीले चुक्ता पुँजी नपुर्याए, बीमांकीय मूल्यांकन नगराएमा, बचतको बाँडफाँड नगरेमा र तोकिएको शुल्क नतिरेमा लाइसेन्स नविकरण हुने व्यवस्था गरेको छ ।

यस्तै बिधेयकले लघुबीमा कम्पनी स्थापना गर्न सकिने व्यवस्थासमेत गरेको छ । देशभरका कुनाकन्दरामा बीमाको पहुँच पुर्याउनका लागि लघुबीमा कम्पनीको लाइसेन्स दिन सकिने व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL