Logo

संघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल

संघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल



काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण र हालसम्म वितरण गरिएको जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी वैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, शहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी वैठक पुननिर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्था बारे छलफल गरिनेछ । जुन बैठक पनि बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्