Logo

भारतमा कम वर्षा हुँदा विश्वमै चामल महँगिने खतरा, नेपाली उपभोक्ताले पनि चामल किन्न थप रकम खर्चिनुपर्ने

भारतमा कम वर्षा हुँदा विश्वमै चामल महँगिने खतरा, नेपाली उपभोक्ताले पनि चामल किन्न थप रकम खर्चिनुपर्ने



काठमाडांै । मुद्रास्फीति प्रभावित विश्वका लागि थप चिन्ताको समाचार सार्वजनिक भएको छ । विश्वमा सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतमा यो सिजनमा धानको क्षेत्रफल १३ प्रतिशतले घटेको छ । धान उत्पादक राज्यमा कम वर्षाका कारण धान रोपाइ प्रभावित भएको छ । यसले सिंगो विश्वको चिन्ता बढाएको छ ।

laxmi

यस वर्ष गहुँको उत्पादन पनि घटेको र सरकारी खरिदमा पनि भारी गिरावट आएको छ । अघिल्लो हप्तासम्मको तथ्यांकअनुसार गत वर्ष ३१४.१४ लाख हेक्टरको तुलनामा आजसम्म २७२.३० लाख हेक्टरमा धान रोपिएको छ । भारतको कृषि मन्त्रालयले सोमबार यो तथ्यांक सार्वजनिक गरेको हो ।

भारतमा धान उत्पादन गर्ने राज्य पश्चिम बङ्गाल, झारखण्ड, बिहार, छत्तीसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, ओडिशा र तेलंगानामा धानको क्षेत्रफल घटेको छ । मौसम विभागको तथ्यांक अनुसार पश्चिम उत्तर प्रदेशमा ८ अगस्टदेखि ३६ प्रतिशत कम वर्षा भएको छ भने पूर्वी उत्तर प्रदेशमा यो मनसुनमा अहिलेसम्म ४३ प्रतिशत कम वर्षा भएको छ । त्यस्तै बिहारमा ३८ प्रतिशत र झारखण्डमा ४५ प्रतिशत कम वर्षा भएको छ । पश्चिम बङ्गालका गंगा किनारका क्षेत्रमा ४६ प्रतिशत कम वर्षा भएको छ।

भारत विश्वमा चामलको सबैभन्दा ठूलो निर्यातकर्ता हो र विश्व बजारको ४० प्रतिशत हिस्सा ओगटेको छ। भारतमा यसको उत्पादन प्रभावित भयो भने विश्वको व्यापारमा असर पर्छ । यसको संसारको अगाडि खानपानको संकट आउन सक्छ । यस वर्ष गहुँ उत्पादन पनि घटेको छ ।

पछिल्लो बाली सिजन (जुलाई–जुन) मा भारतले १२९ करोड ६६ लाख टन धान उत्पादन गरेको थियो । आर्थिक वर्ष २०२१(२२ मा भारतले २१।२ मिलियन टन चामल निर्यात गरेको थियो। साउन १ गतेसम्म केन्द्रमा ४ करोड ७० लाख टन चामल मौज्दात थियो ।

यस वर्षको फेब्रुअरीदेखि रुस–युक्रेन युद्धपछि विश्वभर खाद्यान्न अभावको संकट देखिएको छ । भारतमा पनि गहुँको भाउ बढेको छ । सरकारले मूल्य नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको छ । भारत सरकारले गत वैशाख ३ गते गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । तर, गहुँ अफगानिस्तान, इन्डोनेसिया, कतार, बंगलादेश, भुटान, भियतनाम, यमन, मलेसियालगायत खाँचोमा परेका मुलुकमा पठाइँदै आएको छ ।

नेपाललाई के असर पर्छ ?

भारतमा धान उत्पादन कम हुँदा त्यसको असर विश्वभर निर्यात गर्ने चामलको मूल्यमा पर्नेछ । विश्वकै सबैभन्दा धेरै चामल निर्यात गर्ने भारत नेपालको सबैभन्दा नजिकको छिमेकीका रुपमा रहेको छ भने नेपालमा अहिले वार्षिक ५० अर्ब बढीको चामल आयात हुादै आएको छ । जसका लागि नेपाल भारतमा भर पर्दै आएको देखिन्छ । भारतमा धान कम उत्पादन हुँदा नेपालमा आयात हुने चामलको मूल्य स्वभाविक रुपमा बढनेछ । आयातित चामल महँगिदा उपभोक्ताले बजारबाट खरीद गर्ने चामलको मूल्य थप महँगो हुनेछ । जसको असर उपभोक्ताको भान्सासम्म प्रत्यक्ष रुपमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL