Logo

कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु, २४ घण्टामा थपिए ८६८ संक्रमित

कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु, २४ घण्टामा थपिए ८६८ संक्रमित



काठमाडौं । नेपालमा कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । पछिल्लो समय एकदिनमा कहिले शुन्य, कहिले १ र कहिले २ जनाको मृत्यु भईरहेकोमा आज एकै दिन ३ जनाको मृत्यु भएको हो ।

laxmi

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ६८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ६ हजार ७ सय ५ जनाको नमुना परीक्षण गर्दा उक्त जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ३ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज निको भएर घर फर्किनेको संख्या ४ सय १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL