Logo

अभियान लघुवित्तको आइपीओ भर्नुभयो ? आज आइपीओमा आवेदन दिने अन्तिम मौका

अभियान लघुवित्तको आइपीओ भर्नुभयो ? आज आइपीओमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । अभियान लघुवित्तको आइपीओ आजसम्म मात्र भर्न सकिने छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ।

laxmi

यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL