Logo

२४ घण्टामा थपिए कोरोनाका ६२० नयाँ संक्रमित, १ जनाको मृत्यु

२४ घण्टामा थपिए कोरोनाका ६२० नयाँ संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ सय २० जना नयाँ संक्रमीत थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ८ सय ४६ जनाको परीक्षण गर्दा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

laxmi

जसमध्ये २ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण देखिएको हो । नेपालमा यो सँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ ।

आज कोरोना संक्रमणकै कारण एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL