Logo

एसपिपीमा सहभागी नहुने विषयको पत्र अमेरिकालाई पठाईसक्यौं : परराष्ट्रमन्त्री खड्का

एसपिपीमा सहभागी नहुने विषयको पत्र अमेरिकालाई पठाईसक्यौं : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको छ बताए ।

‘नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ’, उनले भने। सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उनले प्रष्ट्याए । सरकारले गत असार ६ गते एसपिपीमा सहभागी नहुने र सोको जानकारी अमेरिकी सरकारलाई पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL