Logo

साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न ‘एसएमईज’ प्लेटफर्म, कृषि कम्पनीका लागि नयाँ स्टक डिलर

साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न ‘एसएमईज’ प्लेटफर्म, कृषि कम्पनीका लागि नयाँ स्टक डिलर



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म संचालनमा ल्याउने भएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को एउटै प्लेटफर्मबाट सेयर खरिदबिक्री हँुदै आएकोमा सेबोनले साना तथा मझौला कम्पनीका लागि छुट्टै प्लेटफर्म संचालनमा ल्याउन लागिएको धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

यसअघि बोर्डका तत्कालिन अध्यक्ष भिष्म ढुंगानाले पनि साना तथा मझौला कम्पनीका सेयर कारोबार गर्न छुट्टै प्लेटफर्म संचालनमा ल्याउने बताएका थिए । तत्कालिन समियमा साना कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउन नेपाल स्टक एक्सचेन्जलाई धितोपत्र बोर्डले सिफारिस समेत गरेको थियो । तर उक्त व्यवस्था हालसम्म संचालनमा आउन सकेको छैन ।

तर बोर्डले आज चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै साना तथा मझौला कम्पनी ९एसएमई०हरूको कारोबार गराउन छुट्टै प्लेटफर्म संचालनमा ल्याउने जानकारी दिइएको हो । यसैगरी बोर्डले व्यवसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्नयाउन नयाँ स्टक डिलर कम्पनी संचालन ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL