Logo

आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ, बन्यो सुरक्षित कम्पनी

आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ, बन्यो सुरक्षित कम्पनी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लिएको समेत यस रेटिङले थप पुष्टि गर्छ । आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एपमा राखिएको च्याटबटमार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL