Logo

एक महिनामै दोब्बर बढीले महँगियो हरियो तरकारी, १५ थरीको मूल्य घट्दा ५७ थरी तरकारीको मूल्य बढ्यो

एक महिनामै दोब्बर बढीले महँगियो हरियो तरकारी, १५ थरीको मूल्य घट्दा ५७ थरी तरकारीको मूल्य बढ्यो



काठमाडौं । पछिल्लो एक महिनामा हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाकै अवधिमा तरकारीको मूल्य उक्त परिमाणले बढेको हो । समितिका अनुसार बढेका तरकारीमध्ये हरियो प्याजको मूल्य १ सय ८२ प्रतिशतले बढेको हो । असार १ गते ८६ रुपैयाँ प्रतिकलो रहेको हरियो प्याज साउन १ गते आईपुग्दा २ सय ४५ रुपैयाँ प्रतिकिलोे पुगेको छ ।

laxmi

असार १ गते ४४ रुपैयाँ प्र्रतिकिलोे मूल्य रहेको रातो आलुमा साउन १ गते सम्म आइपुग्दा २० प्रतिशतले मूल्यबृद्धि भएको छ । अहिले रातो आलु ५४ रुपैयाँ प्रतिकिलोे पुगेको छ । यस्तै मुडेको आलु र सेतो आलु प्रतिकिलो १६ प्रतिशतले मूल्य बढेको छ । भटमासकोशा ८६ रुपैयाँ प्रतिकिलोेबाट १ सय ६५ रुपैयाँ प्रतिकिलोे पुगेको छ । भन्टा डल्लो ३५रुपैयाँ प्रतिकिलोे बाट ५५ रुपैयाँ प्रतिकिलोे पुगेको छ । भन्टा डल्लोको मूल्य एक महिनामा ५७ प्रतिशतले बढेको हो । यस्तै भन्टा लाम्चो २४ रुपैयाँ प्रतिकिलोेबाट ३५ रुपैयाँ प्रतिकिलोे पुगेको छ । उक्त एक महिनाको अवधिमा भन्टा लाम्चोको मूल्य ४५ प्रतिशतले बढेको छ ।

यस्तै पछिल्लो एक महिनाको अवधिमा मूल्य स्थिर रहने तरकारीहरुमा भिण्डी, तोफु, स्कुस, सुकेको प्याज, चुकन्दर र हरियो खुर्सानी रहेका छन । उक्त अवधिमा प्रतिकिलोे ३९ रुपैयाँ रहेको प्याजको मुल्य स्थिर रहदै सोहि मूल्यमा कारोवार भइरहेको छ । भिण्डी ३५ रुपैयाँ , तोफु १ सय १५ रुपैयाँ प्रतिकिलोेमा, स्कुस ४५ रुपैयाँ प्रतिकिलोे मै कारोवार भईरहेको विकास समितिले जानकारी दिएको छ ।

तरकारीको मुल्य बढनुमा व्यापारी अनुसारका कारण रहेको देखिन्छ । केहीले बर्षाको कारण देखाउँदै तरकारीको मूल्य बढेको बताउँछन् । यस्तै केहीले आयात घटेसंगै मूल्य प्रभावित भएको र केहीले स्थानीय उत्पादन घटेकोले मुल्य बढेको बताउँछन् । बजारमा यसरी मूल्य बृद्धि हुनुका अनेक कारण भनिएता पनि मुख्यत व्यावसायी इमान्दार नहुँदा उपभोक्ता मुल्य र गुणस्तरमा ठगिदै आएको उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष माधब तिमिल्सिनाले बताए । उनका अनुसार तरकारी, माछामासुजस्ता वस्तुको उत्पादनमा स्थानीय सरकारको अनुगमन र नियमन हुनु जरुरी रहेको छ , कुन गाउपालीकामा उत्पादित भएको वस्तु कसरी र कतिमा गइरहेको छ भन्ने रेकर्ड राख्नुपर्ने हो । यसरी रेकर्ड नराख्दा स्थानीय सरकारको गैरजिम्मेवारीपनका कारण उपभोक्ता दैनिक रुपमा तरकारी र माछामासुको मूल्य र गुणस्तरमा ठगिदै आएको उनले बताए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूल गरि ८४ प्रकारका वस्तुको मुल्य निर्धारण गरेको छ । त्यस मध्ये पछिल्लो एक महिनामा १५ प्रकारका तरकारीजन्य वस्तुको मूल्यमा सामान्य गिरावट आएको छ । यसरी उक्त अवधिमा गिरावट आउने तरकारीमा हरियो फर्सी, सेतो मूला, लसुन सुकेको चाइनिज, रुख कटहर, मूला सेतो लोकल, भेडे खु्र्सानी, बन्दा लोकल, तने बोडी, टाटे सिमी, जिरीको साग, कन्य च्याउ, भारतीय ठूलो गोलभेडा, अकबरे हरियो खुर्सानी र अदुवा रहेका छन । यस्तै सोही अवधिमा भिण्डी, तोफु, स्कुस र सुकेको प्याजको मूल्य स्थिर रहेको छ भने दैनिक उपयोग हुने आलु, स्थानीय काउली, कागती, कुरीलो, घिउ सिमी , घिउ सिमी लोकल, घिरौला, तामा, तोरीको साग, न्यूरो, परवर, हरियो प्याजलगायत ५७ प्रकारका तरकारीको मूल्य बृद्धि भएको छ । उक्त अवधिमा स्थानिय काउली १ सय ४६ प्रतिशतले , हरियो प्याज १ सय ८२ प्रतिशतले, घिउ सिमी १ सय २० प्रतिशतले बढेको छ ।

यस्तै पछिल्लो एक महिनाकै अवधिमा फलफूलको मूल्य पनि बढेको छ । आँप दसहरी १ सय १ प्रतिशतसम्मले मूल्य बढेको छ । उक्त अवधिमा फलफुलहरुमा आँप दसहरी १ सय १ प्रतिशत सम्मले मूल्य बढेको छ । यस्तै सोही अवधिमा केरा दर्जनको १ सय ३५ बाट १ सय ५५ रुपैयाँँ पुगेको छ । उक्त मुल्य विकास समितिले निर्धारण गरेको मूल्य हो । बजारमा खुद्रा मुल्यमा अझै ठुलो अन्तर हुने गरेको छ । साउन १ गते साँझ केरा दर्जनको १ सय ९० रुपैयाँसम्म पुग्नुले बजारमा मनोमानी रहेको देखिन्छ । यस्तै एभोकाडो र अनारको मुल्य भने स्थिर रहेको छ । एभोकाडो प्रतिकिलो ५ सय २५ रुपैयाँ र अनार प्रतिकिलो ३ सय ७५ रुपैयाँ रहदै मूल्य स्थिर रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL