Logo

अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा, जनार्दन अर्थमन्त्री रहेसम्म मन्त्रालय नफर्किने

अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा, जनार्दन अर्थमन्त्री रहेसम्म मन्त्रालय नफर्किने



काठमाडौं । बजेट निर्माणका क्रममा करको दर निर्धारणमा बिचौलियाको सहयोग लिएको आरोपबाट शुरु भएको अर्थमन्त्री जर्नादन शर्माविरुद्धको आरोप थप पेचिलो बनेको छ ।

laxmi

सिसिटिभी फुटेज डिलेट प्रकरणमा थप पेचिलो र यथार्थपरक हुँदै आएको देखिदा बढेको अर्थमन्त्री शर्मामाथिको संकट अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेसँगै थप गहिरिएको छ।

सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको स्रोतले बताएको छ । जनार्दन शर्मा अर्थमन्त्री रहेसम्म आफू मन्त्रालय नफर्किने पनि मरासिनीले बताएका छन् ।

अहिले आम रुपमा अर्थमन्त्री शर्मा र अर्थमन्त्रालयको यस गैरकानुनी र गैरजिम्मेदारीपूर्ण कामको विरोध भएको छ र अर्थमन्त्री शर्मालाई राजीनामा दिन दबाब बढेको छ ।

यस अघि बजेट निर्माण र अर्थमन्त्रीले बिचौलिया प्रयोग गरेको विषय विस्तारै सेलाउँदै गएपनि आइतबार अर्थमन्त्रालयको सिसिटिभी फुटेजको विषयमा दिएको जवाफपछि फेरी तातिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार संसदमा सिसिटिभी फुटेज प्रकरण छानबिन गर्न संसदीय समिति नै बनाउने माग गर्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै यस विषयलाई जोडदार रुपमा उठाए ।

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले पनि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने, नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । मंगलबारको संसद बैठकपछि प्रतिक्रिया दिदै महामन्त्री थापाले यो विषय यहाँसम्म आएपछि अब अर्थमन्त्री पदमा बस्न नमिल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL