Logo

युरोपदेखि अमेरिकासम्म पुग्छ नेपालको चिउरा, ११ महिनामा १७ करोड बढीको निर्यात

युरोपदेखि अमेरिकासम्म पुग्छ नेपालको चिउरा, ११ महिनामा १७ करोड बढीको निर्यात



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा १७ करोड रुपैयाँ बढीको चिउरा विभिन्न देशमा निर्यात गरेको छ । उक्त अवधिमा नेपालले छिमेकी देश भारतसहित युरोपदेखि अमेरिकासम्म १७ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको ४ लाख ९३ हजार ७ सय १६ केजी चिउरा निर्यात गरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार उक्त समयमा नेपालले चिउरा निर्यात मात्र हैन आयात पनि गरेको छ । आयात चाहि केवल भारतबाट मात्र भएको उक्त तथ्यांकमा देखिन्छ । भारतबाट कुल ५० लाख रुपैयाँ बराबरको एक लाख २० हजार ३ सय ६३ केजी चिउरा आयात गरेको छ ।

नेपालले छिमेकी देश भारतसहित युरोप र अमेरिकासम्म विभिन्न १० देशमा चिउरा निर्यात गरेको तथ्यांकमा छ । यस्तै सोही अवधिमा नेपालले १७ करोड ८४ लाख १६ हजार रुपैयाँको ४ लाख ९३ हजार ७ सय १६ केजी केजी चिउरा निर्यात गरेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकातर्फ ९ करोड ९७ लाख ९० हजार रुपैयाँ बराबरको २ लाख ११ हजार ४ सय ८५ केजी निर्यात गरेको छ ।

त्यसपछि उक्त अवधिमा अष्ट्रेलियातर्फ ३ करोड १ लाख ३४ हजार रुपैयाँको ८९ हजार ५ सय ७८ केजी चिउरा निर्यात गरेको छ । यसपछि क्रमशः जापानतर्फ १ करोड २३ लाख ५९ हजार रुपैयाँको ३८ हजार ५ सय ३४ केजी , क्यानडातर्फ १ करोड १९ लाख ९२ हजार रुपैयाँको २६ हजार केजी चिउरा निर्यात भएको छ । यस्तै इटालीतर्फ ९९ लाख ४९ हजार रुपैयाँको २२ हजार ८ सय ५९ केजी, वेलायततर्फ ४७ लाख ६७ हजार रुपैयाँको १२ हजार १ सय ५२ केजी चिउरा निर्यात भएको छ ।

यस्तै कोरियातर्फ ३० लाख ६२ हजार रुपैयाँको १५ हजार १ सय ६२ केजी, भारततर्फ २२ लाख ९६ हजार रुपैयाँको ४४ हजार ६ सय ६० केजी चिउरा निर्यात भएको छ । भने हङकङतर्फ २२ लाख ९० हजार रुपैयाँको २६ हजार ६ सय ९६ केजी, बेल्जियमतर्फ १८ लाख ७७ हजार रुपैयाँको ६ हजार ६ सय २८ केजी निर्यात गरेको छ ।

पछिल्लो १ महिनामा नेपालले जम्मा ४६ लाख ३९ हजार रुपैयाँको १३ हजार ३ सय ५२ केजी चिउरा मात्र निर्यात गरेको छ । उक्त १ महिनाको अवधिमा यस अघि निर्यात गर्दै आएका विभिन्न १० देशमध्ये केवल २ देशतर्फ मात्र निर्यात गरेको विभागको तथ्यांकमा उल्लेख गरेको छ । ती दूई देशमा अष्ट्रेलिया र भारततर्फमात्र चिउरा निर्यात भएको देखिन्छ । जसमा अष्ट्रेलियातर्फ ४२ लाख ६० हजार रुपैयाँको ८ हजार ८ सय ९६ केजी चिउरा निर्यात भएको छ भने भारततर्फ ३ लाख ७३ हजार रुपैयाँको ४ हजार ६ सय ५५ केजी चिउरा निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL