Logo

आज बजेट सार्वजनिक हुँदै : प्राथमिकतामा कृषि र उत्पादनमूलक उद्याेग !

आज बजेट सार्वजनिक हुँदै : प्राथमिकतामा कृषि र उत्पादनमूलक उद्याेग !



काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट आज सार्वजनिक हुँदैछ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।

यसपटक बजेटको मुख्य प्राथमिकतामा कृषि र उत्पादनमूलक उद्योगलाई राखिएको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL