Logo

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघले दिएको जानकारी अनुसार बिहीबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भईरहको चाँदीको मूल्य शुक्रबार प्रतितोला १५ रुपैयाँले बढ्दै प्रतितोला १२ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL