Logo

ललितपुरमा कांग्रेसका चिरीबाबु र बुटवलमा खेलराजको अग्रता फराकिलो बन्दै

ललितपुरमा कांग्रेसका चिरीबाबु र बुटवलमा खेलराजको अग्रता फराकिलो बन्दै



काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् ।

laxmi

उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी रहेको छ ।

बुटवल उपमहानगर : गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै

बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा छन्।

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल अगाडि छन् । उनको सात हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ । राप्रपाकी भगवती पाण्डेको दुई हजार ६४ मत रहेको छ ।

बुटवल उपमहानगरको वडा नं १ मा स्वतन्त्र उम्मेदवार, वडा नं २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्र, वडा नं ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं १८ र १९ मा एमालेले जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL