Logo

नेपालको वैदेशिक व्यापार : ८ महिनामा १३ खर्बको आयात हुँदा १ खर्ब ४७ अर्बको निर्यात

नेपालको वैदेशिक व्यापार : ८ महिनामा १३ खर्बको आयात हुँदा १ खर्ब ४७ अर्बको निर्यात



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ८ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८-७९ को ८ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ ।

laxmi

तर, सोही अबधिमा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको मात्र हुन पुगेको छ । जसबाट नेपालले ८ महिनामा ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा आयातमै आधारित पाम तेल, सोयाविन तेल, पिना, धागो ( पोलिष्टर तथा अन्य), ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ । तर नेपाली उत्पादन अलैंची, चिया, जडीबुटीलगायतका वस्तुको निर्यात भने घटेको छ ।

आयाततर्फ नेपालको भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ । तर सो अबधिमा एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

वैदेशिक व्यापार (आठ महिना) निर्यात आयात व्यापार घाटा आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.३ प्रतिशत र ५२.७ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.३ प्रतिशत, ०.५ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.५ प्रतिशत, पुँजीगत वस्तुको १०.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.५ प्रतिशत, ११.८ प्रतिशत र ३४.७ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL