Logo

गाँजाको महिमा : नशाका लागि होइन औषधीका लागि बढ्दै छ प्रयोग, यी रोगका लागि मानिन्छ अचूक औषधि

गाँजाको महिमा : नशाका लागि होइन औषधीका लागि बढ्दै छ प्रयोग, यी रोगका लागि मानिन्छ अचूक औषधि



काठमाडौं । आज महाशिवरात्रि ! शिवरात्रिमा शिव बुटी भन्दै नेपालमा गाँजाको बढी चर्चा हुने गर्छ । नेपालमा गाँजालाई सरकारले नशाको श्रेणाीमा राखेकाले यसको प्रयोग गैरकानूनी मानिन्छ । तर, पछिल्लो समय नेपालमा पनि यसलाई बैधानिक बनाउनुपर्ने भन्दै बहस हुन थालेको छ ।

laxmi

केही बुद्धिजिवीहरुको एक जत्था गाँजालाई वैधानिक बनाउन सके नेपालले फाइदा लिन सक्ने बताउँदै अभियान नै चलाईरहेको छ । यसलाई कतिपयले भने बिषको संज्ञा दिदैं आएका छन् । तर, गाँजा स्वास्थ्यका लागि फाइदाजनक पनि मानिदै आएको छ । गाँजामा पाईने क्यान्नाविनोईड अर्थात सिबीडी तत्व खासगरी स्वास्थ्यका लागि फाईदाजनक रहेको बताइन्छ । आजकाल विश्वबजारमा यसैको नाममा सिबीडी क्याप्सुल, गाँजाको तेल, विभिन्न खानाका परिकारलगायत छ्यापछ्याप्ती पाईन थालेका छन् । यस्तै सेन्ट, लोसनमा पनि गाँजाको उपयोग बढिरहेको छ ।

गाँजालाई मेडिकल प्रयोगका लागि निरन्तर दुखाइ, माईग्रेन, अल्छीपना, चिन्ता, डिप्रेसनलगायतका कमजोरीहरुमा समेत यसको प्रयोग गर्न सकिने सम्बन्धितहरु दाबी गर्छन । विश्वमा गाँजामाथि धेरै प्रकारका अनुसन्धानहरु हुँदै पनि आएका छन् । जसले यसको प्रयोग मेडिकल सेक्टरमा धेरैभन्दा धेरै तरिकाले गर्न सकिने तथ्य देखाएका छन् । सन २०१८ मा गरिएको एक अध्ययनले यसलाई मेडिकल प्रयोगमा पुर्ण रुपमा प्रयोग गर्न सकिने देखाएको थियो । र यसले बजारमा औषधिय प्रयोगका लागि पठाउन सकिने पनि देखाएको थियो । उक्त अध्ययनको निष्कर्ष खासगरी मस्तिष्कसम्बन्धी रोगका लागि गाँजाको प्रयोग गर्न सकिने थियो ।

यति मात्रै होइन सन २०१५ मा गरिएको अध्ययनले गाँजाको प्रयोग चिन्ताविरुद्ध प्रयोग गर्न सकिने निष्कर्ष निकालेको थियो । चिन्तासम्बन्धी विभिन्न लक्षण तथा रोगहरुमा गाँजाको प्रयोग गर्न सकिने उक्त अध्ययनले देखाएको थियो । सोहीअनुसार पनि यसलाई औषधिय गुण भएको वनस्पतिको रुपमा व्याख्या पनि हुँदै आएको छ ।

हालसम्म गाँजामाथि विभिन्न अध्ययनहरु भएपनि धेरैजसो प्रश्नहरुमा अनुसन्धाताहरुले पनि ठोस निष्कर्ष निकाल्न सकिरहेका छैनन् । अनुसन्धाताहरुले गाँजाको प्रयोग खासगरी कुन विधिले गर्दा धेरै फाईदाजनक वा घाटा हुन्छ भनेर अझै पत्ता लगाउन सकेको अवस्था छैन । तर, केही अध्ययनले यसको उच्च प्रयोगले हानि हुने पनि उल्लेख गरेका छन् ।

हालै गरिएको एक अध्ययनले गाँजाको धेरै प्रयोगले कलेजोमा असर पर्ने देखिएको छ । यसको धेरै प्रयोगले चाँडै रगतमा देखिने समस्या बढाउने र कलेजोमा असर पार्ने बताईन्छ । यस्तै अन्य औषधिहरु प्रयोग गरिरहेका बिरामीहरुका लागि पनि यसले केही असर गर्ने बताइन्छ । अन्य औषधि प्रयोग गरिरहेका मानिसले गाँजाको धेरै प्रयोग गरे अन्य औषधिले दिने फाईदा नै घटाइदिने अध्ययनहरुमा उल्लेख छ ।

यस्तै यसले मानिसको प्रजनन क्षमतामा पनि ह्रास ल्याईदिने बताईएको छ । गाँजाको धेरै प्रयोग लामो समयसम्म गरेमा पुरुषमा शुक्रकिटको संख्या घट्ने सम्भावना रहेको अध्ययनहरुमा उल्लेख छ । यस्तै यसले महिलाहरुमा डिम्ब उत्पादनमा पनि ह्रास ल्याउने गरेका प्रमाणहरु फेला परेका छन् । तर, यी सबै कुराहरुलाई सन्तुलनमा राख्न वयस्क मानिसले प्रतिदिन १ सय देखि ८ सय मिलिग्राम गाँजाको प्रयोग गर्नुपर्ने दाबी सम्बन्धितहरुले गरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL