Logo

विवादित अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल

विवादित अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल



काठमाडौं । अन्ततः अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ । लामो समयदेखि विवदको केन्द्रमा रहेको एमसिसी आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।

laxmi

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधबीच एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरिएको हो । यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो ।

संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी टेबल गर्ने निर्णय भएको थियो । एमसिसी टेबल भएसँगै प्रतिनिधीसभाको बैठक फागुन १२ सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL