Logo

अध्यक्षमा पराजित भएका कमल थापाले राप्रपा छाडे, अब के गर्लान ?

अध्यक्षमा पराजित भएका कमल थापाले राप्रपा छाडे, अब के गर्लान ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । गृहनगर हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन् । “अब म राप्रपाबाट अलग हुन्छु,” पत्रकार सम्मेलनमा थापाले भने।

laxmi

यसअघि उनले सोमबार काठमाडौंमा आफू निकट नेताहरूसँग छलफल गरेका थिए। त्यसमा पनि उनले आफू राप्रपाबाट अलग हुने बताएका थिए । सोमबार उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्थानीय तहको निर्वाचन घोषणा हुनुअघि आफ्ना माग सम्बोधन गर्न समय दिएका थिए । सोमबार नै सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।

त्यसको भोलिपल्ट मंगलबार हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन्। लिङ्देन नेतृत्वको केन्द्रीय कार्यसमितिले आफ्ना माग सम्बोधन नगरेको र पार्टीबाट अलग हुन बाध्य पारेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL