GBIME

नेपालमा नक्कली पीसीआर रिपोर्टको धन्दा मौलायो, प्रहरीद्धारा ४ जना पक्राउ


बिजखबर संवाददाता
2 February, 2022 2:26 pm

pcr report crime

काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्टको धन्दा गर्ने ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं र भक्तपूरको अस्पताल र र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा गरेको अभियोगमा ४ जना परेका हुन् ।

NLIC

पक्राउ पर्नेमा विदेह नगरपालिका ४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका(५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका(७ सर्लाहीका प्रसन्नकुमार झा छन् ।

अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका हुन् ।

Citizenslife

त्यस्तै, राजदेवी नगरपालिका ४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका ३२ का निर्मल गिरी भने फरार छन् । केहि अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क असुल्ने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL