Logo

सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन–‘खर्च गर्न सकिने र नसकिने योजनाहरूको स्पष्ट विवरण पेश गर्नु’

सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन–‘खर्च गर्न सकिने र नसकिने योजनाहरूको स्पष्ट विवरण पेश गर्नु’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने÷नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिएका छन् । ंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८÷०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

‘जनतामा सरकारले पुँजीगत खर्च गर्न नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्नुहुँदै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउनु होला,’ उनले भने, ‘खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर तत्काल त्यस्तो सूची तयार पार्नुहोला ।’

साथै उनले पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताए । ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश गएन,’ उनले भने, ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा पनि होइन ।’ ‘समस्याको सहजीकरण गर्न बैंठक बस्नु ठिकै भएपनि खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार नभएको उनको तर्क थियो । मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने समेत उनले बताए ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । त्यसमध्येमा पनि पछिल्लो समय कृषि मन्त्रालयको थप भूमिका हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL