Logo

खाडी र मलेसिया भिजिट भिषामा जान नयाँ मापदण्ड लागू, यस्ता छन ८ सर्त

खाडी र मलेसिया भिजिट भिषामा जान नयाँ मापदण्ड लागू, यस्ता छन ८ सर्त



काठमाडौं । गृह मन्त्रालयले खाडी मुलुक तथा मलेसियामा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता राष्ट्रहरुमा बढ्दै गईरहेको कोरोना महामारीका कारण त्यहाँ गएर अलपत्र पर्ने गरेको गुनासो आएको भन्दै यस्तो भ्रमणमा रोक लगाएको हो ।
मन्त्रालयले सोमबारदेखि नै लागु हुनेगरी यस्तो भ्रमणमा रोक लगाएको जानकारी दिएको छ । तर, यस्ता देशमा सरकारी कामका लागि जाने सरकारी कर्मचारी, आयात निर्यात गर्ने व्यवसायी, अन्तरराष्ट्रिय कारोबार गर्ने बैंक वित्तीय संस्थाका प्रतिनिधिहरुलगायतलाई भने छुट हुनेछ । यस्ता व्यक्तिहरुलाई प्रस्थान अनुमति दिने व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ । यसरी मन्त्रालयले विभिन्न ८ बुँदाहरु तोकेर ती बुँदाका आधारमा मात्रै भिजिट भिसामा भ्रमणमा जानका लागि प्रस्थान अनुमति दिने बताएको छ ।

यस्तो छ सूचना :

खाडी र मलेसिया भिजिट भिषामा जान नयाँ मापदण्ड लागू, यस्ता छन ८ सर्त

प्रतिक्रिया दिनुहोस्
MBL