Logo

शुक्रबार १० हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

शुक्रबार १० हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

laxmi

पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ३ जनाको मृत्‍यु भएको छ भने ७ सय ६६ जना निको भएर घर फर्किएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५ सय ९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL