Logo

एकैदिन हालसम्मकै धेरै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

एकैदिन हालसम्मकै धेरै १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

laxmi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २१ हजार ७ जनाको पीसीआर परिक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४ सय ९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ८६ जना गरी १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर ५७ हजार ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL