Logo

मंगलबार भेटिए १०२५८ जना कोरोना संक्रमित, काठमाडौमा मात्रै ४ हजार माथि

मंगलबार भेटिए १०२५८ जना कोरोना संक्रमित, काठमाडौमा मात्रै ४ हजार माथि



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या उच्च रुपमा बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार मात्रै १० हजार २५८ जना कोरोना संक्रमित भेटिएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको नमुना संकलन गरिएकोमा १० हजारभन्दा बढीलाई कोरोना भेटिएको हो । सरकारले पछिल्लो २४ घण्टामा १७ हजार ८२८ जनाको पीसीआर परिक्षण र ४ हजार ९५६ जनाको एण्टिजेन परिक्षण गरिएको थियो ।

यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको सख्या ३९ हजारभन्दा बढी पुगेको छ । कोरोनाबाट आज १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL