Logo

मदिरा कारोबारीलाई १ अर्ब लगानी गरेका बैंकले थाले उठौती प्रक्रिया, के गर्लान सहकारी र मिटरब्याजी ?

मदिरा कारोबारीलाई १ अर्ब लगानी गरेका बैंकले थाले उठौती प्रक्रिया, के गर्लान सहकारी र मिटरब्याजी ?



काठमाडौं । वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ लगानी गरेका मदिरा कारोबार आएका अमित अग्रवाल र अमित अग्रवाल भागेपछि बैंकहरुले कर्जा उठौती प्रक्रिया थालेका छन् । ऋण नतिरि अग्रवाल दाजुभाई भागेपछि मुचुल्का उठाउन व्यस्त भएका बैंकहरुले आज ३५ दिने सुचना निकालेरै ऋण असुली प्रक्रिया अघि बढाएका छन् ।

laxmi

सो क्रममा मदिरा कारोबारी अग्रवाल दाजुभाईलाई सबैभन्दा कर्जा दिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न ताकेता गरेको छ । अग्रवाल दाजुभाईलाई धितोको आधारमा भन्दा पनि व्यवसायको आधारमा हाईपोथेटिकल गर्दा दिएको इन्भेष्टमेन्ट बैैंकको सबैभन्दा बढी लगानी रहेको छ । ज्यादै न्यून धितोमा कर्जा दिएको उक्त बैंकको सावा र ब्याज गरी करिव ३२ करोड रुपैयाँ असुली गर्नुपर्ने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

नेपालमा अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेर मदिरा आयात तथा विक्री गर्दै आएका अग्रवाल दाजुभाईले तिनै कम्पनीको नाममा बैंकबाट कर्जा लिएका थिए । केही समय अघि अग्रवाल दाजुभाई भागेपछि बैंकहरुले मुचुल्का उठाउँदै अग्रवालको मदिरा पसलमा सिल गरेका थिए । अग्रवाललाई कर्जा दिएका अन्य बैंकले मुचुल्का उठाएर पसल र गोदाम सिल गरेपनि कर्जा उठौतीका लागि सार्वजनिक रुपमा सूचना भने प्रकाशित गरेका छैनन् ।

साईकलमा व्यापार, अर्बौंको कमाई : नेपालीको अर्बौं पैसा उठाएर भाग्ने हरियाणाका अग्रवालको नालीबेली

मदिरा कारोबारी अग्रवाल दाजुभाईलाई इन्भेष्टमेन्ट बैंकका साथै मेगा बैंकले २५ करोड, एभरेष्ट बैंकले २२ करोड र ग्लोबल आईएमई बैंकले १८ करोड रुपैयाँ कर्जा दिएका छन् । जसमध्ये एभरेष्ट बैंकले ज्ञानेश्वरमा १७ आनामा बनेको जग्गा र अपार्टमेन्टका फ्ल्याट धितो राखेर कर्जा प्रवाह गरेको जानकारी दिएको छ । यसैगरी ग्लोबल आईएमई बैंकले पनि ज्ञानेश्वरकै १७ आना जग्गा धितोमा कर्जा प्रबाह गरेको बुझिएको छ । यसैगरी मेगा बैंकले पनि धितो र स्टक दुबैको आधारमा कर्जा दिएको जानकारी दिएको छ । तर, इन्भेष्टमेन्ट बैंकले भने धितो एकदमै कम र ब्यवसायको आधारमा बढी कर्जा दिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यसैगरी अग्रवाल दाजुभाईले सहकारी संस्था, मिटर ब्याजी र जग्गा बैनावापत पनि ठूलो रकम उठाएको बुझिन आएको छ । उनीहरुले व्यवसायकै आधारमा नियमविपरित करिव आधादर्जन सहकारीबाट करोडौंको कर्जा लिएको बुझिन आएको छ । यस्तै उनीहरु भाग्दा छाडेर गएको चिटमा समेत उनीहरुले बैंकको असहयोग र मिटरब्याजीहरुले ज्यानमार्ने सम्मको धम्की दिएका कारण आफुहरु भाग्न बाध्य हुनुपरेको बताएका छन् । सोहीआधारमा पनि उनीहरुले मिटरब्याजीसँग पनि ५० करोड रुपैयाँ भन्दा बढी ऋण लिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यस्तै उनीहरुले नेपालबाट भाग्ने योजना बनाएरै एउटै जग्गा देखाएर ३–४ जनासँग करोडौं रुपैयाँ बैनाबापत रकम उठाएको बुझिएको छ । उनीहरुले ज्ञानेश्वरकै बैंकमा धितोमा रहेको घर बैंकबाट फुकुवा गरेर सस्तो मुल्यमा दिन्छु भन्दै बैनावापत एउटै व्यक्तिबाट ४ करोड रुपैयाँ लिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । यस्तैगरी उनीहरुले आफ्नो धेरै ठाउँमा रहेको जग्गा बजार मूल्यभन्दा आधा सस्तोमा दिन्छ ुभन्दै धेरैजना व्यक्तिमार्फत बैनावापत ठूलो रकम असुली गरेको बुझिन आएको छ । यद्यपि सहकारी, मिटरव्याजी र बैनावापत पैसा दिएका व्यक्तिले भने कानूनी रुपमा असुली गर्ने आधार नहुन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । उनीहरुले सहकारी, मिटरब्याजी र जग्गा बैंना वापत नै १ अर्ब रुपैयाँभन्दा बढी उठाएर भागेको हुनसक्ने अनुमान गरिएको छ ।

डेढ अर्ब उठाएर भागे मदिरा आयातकर्ता ग्रीनलाईनका संचालक अभिषेक र अमित अग्रवाल : समस्यामा बैंक, सहकारी र मिटरब्याजी

प्रतिक्रिया दिनुहोस्
MBL