Logo

दोब्बरभन्दा बढीले बढ्यो मुल्यवृद्धि, मुद्रास्फिती ५ महिनामै राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा माथि

दोब्बरभन्दा बढीले बढ्यो मुल्यवृद्धि, मुद्रास्फिती ५ महिनामै राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा माथि



काडमाडौं । पछिल्लो समय नेपालमा मुल्यबृद्धि उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ५ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत मात्र रहेको थियो ।

laxmi

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२ प्रतिशत, ६.११ प्रतिशत र ७.२४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL