Logo

नयाँ भेरियन्टको तीब्र फैलावटले अर्थतन्त्र पुनर्उत्थानमा समस्या : विश्व बैंक

नयाँ भेरियन्टको तीब्र फैलावटले अर्थतन्त्र पुनर्उत्थानमा समस्या : विश्व बैंक



काठमाडौं । पछिल्लो समय बढ्दै गएका कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टका कारण सन २०२३ मा पनि विश्व अर्थतन्त्र पुनर्उत्थान हुन कठिन हुने देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्समा कोरोनाका नयाँ भेरियन्टले मुद्रास्फिति, ऋण र आम्दानीमा ठूलो असर पार्ने देखिएको हो ।

laxmi

यसअघि विश्व बैंकले विभिन्न प्याकेज र सपोर्टका कारण सन २०२१ मा ५ दशमलव ५, २०२२ मा ४ दशमलव १ र सन २०२३ मा ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो ।

पुनः बढ्दै गएको ओमिक्रोन र यसले निम्त्याएको बाधाका कारण विश्वका ठुला अर्थतन्त्रहरुमा आपुर्ति चक्र विथोलिएको छ भने विकासशिल मुलुकहरुले हालसम्म सार्वजनिक गरेका विभिन्न सहुलियतहरुमा नीतिगत अस्पष्टता छाएको छ । यसले विश्व अर्थतन्त्र पुनः पुनर्उत्थानको बाटोतिर लम्किन रोकावट ल्याएको हो ।

यसले खासगरी विकासशिल राष्ट्रहरुका लागि अघि बढ्ने बाटो नै बन्द गरिदिएको विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले बताए । यसअघि दक्षिण एशियाको आर्थिक वृद्धिदर २०२१, २२ र २३ मा क्रमशः ७, ७ दशमलव ६ र ६ प्रतिशतको प्रक्षेपण गरिएको थियो । अब उक्त आर्थिक वृद्धिदर क्रमशः ०.१, ०.८ र ०.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL