Logo

बाक्लो हुस्सुका कारण ४ जहाज ढाका र कलकत्ता डाईभर्ट, घन्टौं फन्को मारे आकाशमा

बाक्लो हुस्सुका कारण ४ जहाज ढाका र कलकत्ता डाईभर्ट, घन्टौं फन्को मारे आकाशमा



काठमाडौं । शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभर बाक्लो हुस्सुका कारण विभिन्न देशबाट आएका ४ जहाजहरु ढाका र कलकत्ता डाईभर्ट भएका छन् ।

laxmi

आज बिहानैदेखि हुस्सुका कारण फ्लाईट दुबईको एउटा, हिमालय एयरलाईन्सको एउटा, जजिरा एयरलाईन्सको २ ओटा जहाजहरु डाईभर्ट भएका हुन् । यी मध्ये ३ ओटा जहाज बंगलादेशको ढाकामा र एउटा कलकत्तामा डाईभर्ट गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

डाईभर्ट हुने प्लेनमा कुवेतबाट आएको जजिरा एयरलाईन्सको जे९५३९, कुवेतबाटै आएको जजिराको जे९१५४१, दोहाबाट आएको नेपाल एयरलाईन्सको जहाज र फ्लाईट दुबई रहेका छन् ।

यी जहाजहरु नेपालको आकाशमा झण्डै २ देखि ३ घण्टासम्म फन्को मारेर डाईभर्ट भएको स्रोतले बताएको छ । यस्तै हालै काठमाडौंको आकाशको हुस्सु फाट्दै गएपछि आकासमा घुमिरहेका जहाजहरु अवतरण गरेको र आन्तरिक उडान पनि सुचारु भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

आज बिहान ११ बजे अघि मात्रै त्रिभुवन विमानस्थलमा हुस्सुका कारण आन्तरिक र बाह्य गरी २८ बढि उडान प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL