Logo

फोरजी विस्तारमा टेलिकम र एनसेलको प्रतिस्पर्धा, एक महिनामै ९ लाख २७ हजारले बढे प्रयोगकर्ता

फोरजी विस्तारमा टेलिकम र एनसेलको प्रतिस्पर्धा, एक महिनामै ९ लाख २७ हजारले बढे प्रयोगकर्ता



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक (टेलिकम कम्पनीहरु) पछिल्लो समयम चौथो पुस्ताको फोरजी सेवाको तीब्र विस्तारमा जुटेका छन् । नेपालमा दूरसञ्चार सेवाका मुख्य खेलाडीका रुपमा रहेका नेपाल टेलिकम र एनसेलबीच फोरजी सेवा विस्तारमा प्रतिस्पर्धा बढ्दा फोरजी प्रोगकर्ताहरुको संख्या पनि उल्लेख्य बढेको छ ।

केही समयअघि फोरजी विस्तारमा तब्रिता दिएको एनसेलले कुल फोरजी प्रयोगकर्ताको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको थियो । उक्त समयमा नेपालभर फोरजी प्रयोगकर्ताको संख्या ६३ लाख ३२ हजार १ सय ९४ जना मात्रै थियो । जसमा सरकारी स्वामित्वको नेपाल टेलिकमको हिस्सा ३२ प्रतिशत थियो । यस्तै नेपालमा तेस्रो ठुलो दूरसंचार सेवाप्रदायक मानिएको स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख ९९ हजार ७ सय १६ थियो । जुन कुल फोरजी प्रयोगकर्ताको ३ प्रतिशत मात्रै हो । उक्त समयमा नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २० लाख ४९ हजार जना हुँदा एनसेल एक्लैका ४० लाख ८२ हजार जना फोरजी प्रयोगकर्ता थिए ।

तर पछिल्लो समय सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो फोरजी सेवा विस्तारमा तीव्रता दिएसँगै एनसेललाई नै पछि पारेको छ । हाल नेपाल टेलिकम एक्लैले फोरजी प्रयोगकर्ताको संख्या ७४ लाख ८५ हजार ४ सय ३० जना पुर्याएको छ । यो गत बर्षको यही अवधिको तुलनामा ५४ लाख ३५ हजार बढी हो । अर्थात नेपाल टेलिकमले एक बर्षको अवधिमा फोरजी प्रयोगकर्ताको संख्या ५४ लाख ३५ हजारले बढाएको छ ।

यस्तै यस अवधिमा एनसेलका फोरजी प्रयोगकर्ता ६१ लाख ४८ हजार पुगेका छन् । यो गत बर्षको तुलनामा २० लाख ६५ हजार बढी हो । एक बर्षको अवधिमा एनसेलले आफ्नो फोरजी सेवा चलाउनको संख्या साढे २० लाखले बढाएको छ । यता तेस्रो सेवाप्रदायक स्मार्टसेललका ग्राहक भने १ लाख ५३ हजार ७ सय ४५ जना पुगेका छन् ।

हाल फोरजी सेवाग्राहीको कुल संख्यामा सबैभन्दा ठूलो हिस्सा नेपाल टेलिकमको ५४ दशमलव २९ प्रतिशत छ । यस्तै एनसेलको हिस्सा कुल सेवाग्राहीमा साढे ४४ प्रतिशत हिस्सा छ । गत कात्तिकसम्म नेपालमा फोरजी प्रयोगकर्ताको संख्या कुल १२ करोड ३७ लाख ८७ हजार जना पुगेको छ । यो थ्रिजी सेवाको प्रयोगकर्ताको तुलनामा १३ लाख ३४ हजारले बढि हो । यो अवधिसम्म नेपालमा थ्रिजी सेवाग्राहीको संख्या १ करोड २४ लाख ५२ हजार बढी छ ।

पछ्याउँदै थ्रिजी सेवा

नेपालमा पछिल्लो समय फोरजी मात्रै नभएर थ्रिजी चलाउनेको संख्या पनि उत्तिकै बढिरहेको छ । गत बर्ष १ करोड ११ लाख ६ हजार जना रहेको थ्रिजी प्रयोगकर्ता यो बर्ष बढेर १ करोड २४ लाख ५३ हजार जना पुगेका छन् । सेवाप्रदायकले फोरजीको विस्तार देशैभर गरिरहँदा पनि एक बर्षको अवधिमा थ्रिजी सेवाका प्रयोगकर्ता पनि १३ लाख ४६ हजारले बढेका छन् ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले देशैभर फोरजी सेवा पुर्याएको बताएपनि भनेबमोजिम सेवामा गुणस्तर नहुँदा धेरैजसो ग्राहकहरु पुरानो थ्रिजी सेवा नै चलाउन बाध्य छन् । जसका कारण फोरजीसँगै थ्रिजी सेवाका प्रयोगकर्ता पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

ब्रोडब्याण्ड इन्टरनेटमा आइएसपीको योगदान कति ?

नेपालमा केवलमार्फत इन्टरनेट सेवा विस्तार गर्नेमा नेपाल टेलिकम र इन्टरनेट सेवाप्रदायकहरु छन् । यी दुई निकायले मात्रै नेपालमा कुल ब्रोडब्याण्ड इन्टरनेटमा २२ दशमलव ८५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाल टेलिकमले आफ्नो इन्टरनेट सेवा फाईबर टु दी होम (एफटीटीएच) मार्फत घरघरमा पुर्याएको छ भने इन्टरनेट सेवाप्रदायकहरुले पनि अप्टिकल फाईबरको सहायताले सेवाग्राहीको घरघरमा इन्टरनेट सेवा पुर्याईरहेका छन् । यसरी हेर्दा ब्रोडब्याण्ड इन्टरनेटको दुनियामा इन्टरनेट सेवाप्रदायकले मात्रै २० दशमलव ७० प्रतिशत हिस्सा ओगटेका छन् । हालसम्म इन्टरनेट सेवाप्रदायकले उपलब्ध गराएको इन्टरनेट चलाउनेको संख्या ७३ लाख ३८ हजार ३ सय ९८ छ ।

कात्तिक मसान्तसम्म नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा पुगेको जनसंख्या ३ करोड ५३ लाख ४३ हजार बढि छ । यो नेपालको कुल जनसंख्याको १ सय १६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL