Logo

रेमिटान्स प्यारो, पठाउनेलाई तगारो ! आफन्तलाई एउटा मोबाइल उपहार बोकेर आफ्नै देश छिर्न नपाउने ? यो कस्तो नियम हो सरकार ?

रेमिटान्स प्यारो, पठाउनेलाई तगारो ! आफन्तलाई एउटा मोबाइल उपहार बोकेर आफ्नै देश छिर्न नपाउने ? यो कस्तो नियम हो सरकार ?



पछिल्लो समय बिदेशबाट नेपालीहरु नेपाल फर्किने क्रममा ल्याउने वस्तुका सम्बन्धमा देशको एकमात्र त्रिभुवन बिमानस्थलमा निकै विवाद उत्पन्न हुने गरेको छ । केही समयअघि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले ल्याएको मदिराका सम्बन्धमा विवाद भयो । रेग्मीमाथि सो क्रममा बिमानस्थल भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्यो र उनीमाथि जरिवाना नै लगाइयो ।

बिमानस्थलमा मुख्यत दुई किसिमका यात्रुहरु विदेशबाट आउने गर्छन । जसमा पर्यटक तथा सम्पन्न मुलुकहरुबाट आउने शर्माजस्तै सबै नियम कानून बुझेका र जानेकाहरु र अर्कोथरि खाडी तथा मलेसियाबाट वैदेशिक रोजगारीमा गएर फर्किनेहरु छन् । जसका आ–आफ्नै स्वार्थ र बाध्यताहरु छन् । अहिले त्रिभुवन बिमानस्थलमा यही स्वार्थ र बाध्यताका कारण दैनिक विभिन्न विवादहरु भइरहन्छन् ।

केही दिन अघिमात्र त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ । उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानूनबमोजिम कारवाही हुने स्पष्ट पनि गरेको छ । भन्सारकै जानकारीमा विश्वास गर्ने हो भने विदेशबाट आउने धेरै यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाई त्यस्ता सामग्री पठाउने गरेको अवस्था छ ।

हाल सरकारी नियमानुसार नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइन्छ । ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिन्छ । व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिन्छ । त्यस्तै व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने नियम छ । व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिन्छ । त्यस्तै व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने नियम छ ।

सरकारले निर्धारण गरेको कानूनको अक्षरस पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । अझ कानून मान्दिन भनेर कसैलै भन्न पाइँदैन । तर, पछिल्लो समय सरकारले बिमानस्थलमा विदेशबाट नेपाल फर्किनेले आफ्ना घर परिवारका लागि उपहारका रुपमा ल्याएका मोबाइल फोनहरु धमाधम जफत गर्न थालेपछि विशेष गरि वैदेशिक रोजगारीमा रहेका धेरै नेपाललिे चित्त दुखाएका छन् ।

वैदेशिक रोजगारीमा रहेका सिबी कुँवर समीर भन्छन–‘सायद दलालहरुसँग मिलेर होला सरकारले मोबाइल भित्र्याउन नपाउने नियम कडाई गरेको । रगत पसिना बेचेर आफ्ना आफन्तलाई एउटा मोबाइल उपहार बोकेर आफ्नै देश छिर्न नपाउने यो कस्तो नियम कानुन हो ?’ दीपक भट्टराई भन्छन–‘मलाई २ वटा मोबाईल आबश्यक पर्छ सधै २ वटानै चलाउँछु । मेरो चलनचल्तीको मोबाईल ल्याउन नपाउने कस्तो नियम हो यो ?’ अधिवक्ता रहेका प्रारब्धराज शर्मा विदेशवाट आउनेले आफन्त लाई ल्याउने २÷४ वटा मोवाइलमा व्यवसायीको दबाबमा सरकारको आँखा किन परेको होला भन्ने प्रश्न गर्छन । वैदेशिक रोजगारीमा रहेका किशोर एमबो परदेशदेखि ल्याइदिने एउटा उपहारमा सरकार किन यति अनुदार बनेको होला भन्दै प्रश्न गर्छन–‘आफ्नो परिवारको लागि पनि ल्याउन नपाउने ? कुनै बिचार नगरी जे पनि नियम बनाइदिने ?’

खासगरी खाडी राष्ट्र र मलेसियाबाट आफ्ना परिवारका लागि एक दुईवटा मोबाइल लिएर आउनेलाई सरकारले कडाई गर्नु उचित नभएको धेरैको तर्क छ । वैदेशिक रोजगारीबाट फर्किनेहरुले वर्षौपछि विदेशबाट फर्किदा आफ्नो घर परिवारका लागि एउटा मोबाइल फोन पनि ल्याउन नपाउने गरि सरकारबाट भएको निर्णयले समस्या परेको बताउँदै आएका छन् । बिदेशबाट आउँदा परिवारका लागि केही सस्तो मूल्यमा बिदेशबाट उपहार ल्याउन सरकारले बन्देज लगाएकोमा उनीहरुको गुनासो रहँदै आएको छ ।

रेमिटान्स प्यारो, रेमिटान्स पठाउनेलाई तगारो

वर्षौदेखि देशको अर्थतन्त्रमा मुख्य आधार रेमिटान्स रहेको यथार्थबारे सरकार पनि जानकार नै छ । खाडी, मलेसियादेखि कोरियासम्म पुगेर आफ्नो श्रम बेचेर नेपालीले पठाएको पठाउने रेमिटान्सले नेपाली अर्थतन्त्र चलायमान भएको छ । हरेक सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुले पठाएको रेमिटान्सबाट देश चलेको भन्दै वैदेशिक रोजगारीलाई सम्मानित बनाउनुपर्ने, वैदेशिक रोजगारमा रहेका कामदारहरुको सम्मानको वातावरण बनाउनेजस्ता नारा तय गर्दै आएका छन् । तर, कसरी सम्मानको वातावरण बनाउने हो भन्नेमा चाहिं सरकारको ध्यान पुगेको देखिदैन ।

अहिले धेरैले सरकारले उपहारका रुपमा ल्याएका मोबाइल बिमानस्थलमा खोसिरहेका दृश्यमा चित्त दुखाएका छन् । कतिले नियम कानून जानेर वा नजानरै परिवारका लागि मोबाइल उपहार ल्याएका छन् । वैदेशिक रोजगारीमा वर्षौ विदेशमा बिताएर फर्केको नेपाली आज काठमाडौं बिमानस्थलमा झरेर नाइट बसमा पूर्व–पश्चिम, वा दक्षिण उत्तरको कुनै गाउँ पुग्ने हतारमा हुन्छ । उसले काठमाडौं वा कुनै शहरमा झरेर घरपरिवारलाई उपहार किन्ने समय पनि खर्चन चाहँदैन । यस्तोमा उसले परिवारका लागि आफुले गन्तब्य मुलुकबाटै ल्याएको एउटा उपहार बिमानस्थलमा किन खोस्ने सरकार ? सुनका बाला बोकेर आउने वा मदिराका ब्याग बोकेर आउनेमाथि जति नै कडाई गर, जति नै भन्सार लगाउ । त्यसमा कसैको आपत्ति रहनेछैन् । तर, उपहारका रुपमा बिदेशबाट एउटा मोबाइल बोकेर आउने नेपाली दाजुभाईमाथि किन निर्मम बन्ने सरकार ?

व्यवसायीको दबाबमा छ सरकार ?

पछिल्लो समय नेपालमा मोबाइलको व्यापार गरिरहेका व्यवसायीहरुले बिदेशबाट आउनेहरुले अवैध रुपमा मोबाइल भित्र्याएको र त्यसले आफुहरुले कर तिरेर वैध रुपमा भित्र्याएको मोबाइलको बजारमा प्रभाव परेको बताउँदै आएका छन् । धेरैले सरकारले अहिले विदेशबाट नेपाल आउनेलाई प्रयोग गरेको एउटाबाहेक अर्को थप मोबाइल ल्याउन प्रतिबन्ध लगाउनुमा तिनै व्यवसायीले सरकारलाई दिएको दबाबको परिणाम बताउँछन् ।

बुधबार अर्थान्त्री जर्नादन शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गर । बोइल वयवसायीहरुको छाता संस्थाका रुपमा रहेको नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उदघाटनसभामा बोल्दै उनले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे भर्खर जानकारी भएको भन्दै तत्काल लागु गर्न निर्देशन दिइसकेको बताए । तर, बैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसङ्ग कोट्याउँदै उनले भने, केलाई अबैध भन्ने हो ? यहाँ त बैध रुपमा अबैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अबैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अबैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ ।’

उनले विदेशबाट बैधानिक रुपमा नै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए । उनले भने, ‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ । ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अली समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’ विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भई बिक्री बितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पक्कै पनि सरकारले अवैधरुपमा आयात भएको मोबाइल फोन रोकोस । त्यसले व्यवसायीलाई पनि राहत हुनेछ र सरकारलाई थप राजशव पनि प्रपत हुनेछ । तर, अर्थमन्त्रीले यो कुरा पनि स्पष्ट पार्नु पर्यो कि एउटा नेपालीले बिदेशबाट आफ्ना परिवारका लागि उपहारका रुपमा विदेशमा एउटा मोबाइल फोन किनेर नेपाल ल्याउनु कसरी अवैध हुन्छ ? रेमिटान्स पठाएर देशको अर्थतन्त्र धानिरहेका नेपालीहरुले अहिले सरकारलाई सोधरिहेका छन्–‘रगत–पसिना बेचेर आफ्ना आफन्तलाई एउटा मोबाइल उपहार बोकेर आफ्नै देश छिर्न नपाउने ? यो कस्तो नियम हो सरकार ?’

प्रतिक्रिया दिनुहोस्
MBL